Category

Story

धनी मान्छे

एकदिन एउटा धनी मानिस पार्किङमा Tesla रोकेर मन्दिर छिरेछ । मन्दिरबाट फर्किइसकेपछी बाटोमा कोहीले उसँग भिख मागेछ ।
तर त्यो व्यक्तिले माग्नेसँग भनेछ;” हेर । म आफैँ माग्ने हुँ । भर्खर तिमीले नै देख्यौ म मन्दिरभित्र छिरेँ र भगवानसँग केही मागेरै फर्केको ।” यो सुनेर भिख माग्ने अचम्म पर्दै सोचेछ, हो त Tesla चढे पनि भगवानसँग त माग्न छोडिरा छैन । अनि उसले सोध्यो; “अनि यत्तिको धनी, यस्तो स्मार्ट र सबै पुगि आएकोले किन माग्नुपर्‍यो?”

जवाफमा धनी मान्छेले भन्यो; “हेर वास्तवमा म धनी भएको मेरो मेहनत र परिश्रमले हो । मैले देखेको सपनाबाट झस्किँदै, अल्झिदै खस्दै र पटक पटक आफैलाइ जोखिममा राखेर चड्दै आएको भर्‍याङले हो । मलाई तिमले स्मार्ट देख्नु, धनी देख्नु र प्रतिश्ठित ठान्नु तिमले ममा देखेको भ्रम हो । त्यो कुरा तिमीले आफैँमा देख्यौ भने बल्ल त्यो तिम्रो जिन्दगी हो । मन्दिरमा म तिमीजस्तो भिख माग्न आउँदिन । म त हप्ताभरीको तनावलाइ शान्त पार्न र शान्ती माग्न आएको हुँ । म आफुभित्रको इश्वरलाइ मन्दिरभित्रको इश्वरसँग जोड्न आएको हुँ । यो तिम्रो लागि भिख माग्ने ठाउँ हो तर मेरो लागि ज्ञान लिने ठाउँ हो । यही अन्तर छ तिमी गरिव भएर बाँच्नु र म धनी भएर जिउनुमा । तिमी र म गरिव या धनी हैनौँ, हामी समान हौँ अनि हाम्रो जीवन जिउने कला धनी कि गरिव भन्ने हो ।” ।यति भनेपछी ऊ मन्दिरबाट निस्कियो । भिखारीलाइ यो कुराले यसरी बिझाएछ कि ऊ केही अठोट बोकेर मन्दिरबाट निस्किएछ । पछि ऊ आफ्नो जिवनशैली यसरी परिवर्तन गरेछ कि कामसँगै समाजमा सम्मानपुर्वक बाँच्न सिकेछ । वास्तवमा मन्दिर ज्ञान लिने ठाउँ हो र धनी भन्दैमा सबै शोषक पनि हुदैनन्, अनि कसैलाइ सहयोगका नाउँमा चन्दा, भिख दिनुभन्दा हजार गुणा राम्रो आफुसँग भएको ज्ञान दिनु हो ।