Milan Dulal
Milan Dulal
Full stack Developer Yogi Entrepreneur Traveller
Milan Dulal

Blog

हिन्दू धर्म भारत को की नेपाल काे?

हिन्दू धर्म भारत को की नेपाल काे?

आजकल कता कता यो सुनिन थालिएको छ कि हिन्दु धर्म भारत बाट आयातित हो नेपाल को होइन भनेर। भारत ले खोजेको पनि यहि हो सायद यो भास्य निर्माण गर्न भारत ले लगानि नै गरेको होला। अनि धेरै लाइ हिन्दु भनेकै महाभारत र रामायण भन्ने लाग्छ होला र रामायण र महाभारत मा उल्लेख गरिएका ठाउं आजको भारत मा पर्छन(प्रमाणित भएको चाइ छैन है) र रामायण र महाभारत मात्र हिन्दु हो भन्ने हुदैंन। धेरै शास्त्र हरु छन्। हाम्रो कुनै स्पेसिफिक रिलिजियस बुक छैन। जुन मान्दा पनि हुन्छ र कुनै नमान्न्दा पनि हुन्छ्। खास मा हिन्दु शब्द चाइ छैटौँ सताब्दि मा सिन्धु नदि को वरपर लाइ पर्सियन ले indus भन्दा अप्रबंश हुदै बनेको शब्द हो त्यो भन्दा पैला सनातन जिवन्शैलि या पुर्विय सभ्यता या भारत बर्स थियो । र त्यति बेलाको भारत बर्स र आज एउटा देस को नाम भारत भन्ने नाम मिल्न गएको मात्र हो। धर्म र जिवनशैलि कैले सुरु भएको हो भन्ने छैन। त्यसैले त सनातन भनिएको हो। यो कुनै पन्थ होइन यो त जिवन शैलि र अभ्यास हो जुन कहा उत्पन्न भएको भन्ने हुदैन। -शिव को स्थान भनेर हिमालय लाइ चिनिन्छ। -आज को कैलाश मानसरोवर कुनै बेला नेपाल को थियो भारत को कैलै थिएन। -रामायण सत्य इतिहास हो या रचना थाहा भएन तर बाल्मिकि ऋषि ले लेखेको नेपाल मै बसेर हो। उनको आश्रम नेपाल मै थियो। -1950 भन्दा पहिला केदारनाथ नेपाल मै थियो। -ऋषि कस्यप को नाम बाट खस सम्राज्य बन्यो जस्को उद्गम स्थल जुम्ला हो। -सिता को जन्मस्थल नेपाल हो। -शिव को कल्प विग्रह मुर्ति जुन संसार मा सबैभन्दा पुरानो आइडल मानिन्छ र 28 हजार बर्स पुरानो हो भनेर क्यालिफोर्निया रेडिएसन लेब्रोटरि ले प्रमाणित गरेको छ जुन नेपाल मा भेटिएको हो। एस्ता धेरै उदाहरण छन जुन भारत भन्दा पहिला नेपाल मा हिन्दु धर्म को अभ्यास भएको प्रमाणित गर्छन्। आज भारत ले बिश्व लाइ हिन्दु धर्म आफ्नो ब्यक्तिगत बताइरहदा हामि सबै एकजुट भएर हिन्दु हाम्रो पनि हो र हामिहरु तिमिहरु भन्दा पुरानो हो भनेर जवाफ दिनु को सट्टा हामि आफै भारत को धर्म भनिराछौं। नेपाल को हिन्दुरास्ट्र खोसेको पनि भारत ले हो र नेपाल हिन्दु रास्ट्र नबन्दा सबैभन्दा फाइदा भारत लाइ नै हुन्छ। यो बुझ्न जरुरि छ। अरु धर्म जस्तो कुनै भगवान एक ठाउ मा जन्मेर रिलिजियस संस्था बनाएर अरु ठाउमा आयात र निर्यात गरेको जस्तो होइन।