Milan Dulal
Milan Dulal
Full stack Developer Yogi Entrepreneur Traveller
Milan Dulal

Blog

Underrated Character - ‘युयुत्सु’।

Underrated Character - ‘युयुत्सु’।

महाभारतमा एकजना एकदमै Underrated Character छन् - ‘युयुत्सु’। राजा धृतराष्ट्र तथा दासी सौवाली (सुघदा) बाट जन्मिएका युयुत्सु बहुत रोचक पात्र छन्। उनि युधिष्ठिर र भीम भन्दा कान्छो तर दुर्योधन भन्दा जेठो थिए। तर, कतै कतै उनी र दुर्योधन लगभग एकैपटक जन्मिएका थिए भनिन्छ। लामो समयसम्म गर्भ रहँदा पनि बच्चा नजन्मिएपछि गान्धारीले आफ्नै दासी सँग धृतराष्ट्रको विवाह गराईदिन्छिन्। उक्त दासीबाट जन्मिएका राजकुमार युयुत्सु सबैको प्रिय नै हुन्छन्। तर जब दुर्योधन ईत्यादी अन्य कौरवहरुको जन्म हुन्छ। तब, युयुत्सु शनैः शनैः पाखा लाग्दै जान्छन्। दासीपुत्र युयुत्सुलाई दुर्योधन ईत्यादी कौरवहरुले देखी सहदैन थिए। तर, पाण्डवहरु सँग भने उनको राम्रै खालको सम्बन्ध रहेको हुन्छ। दुर्योधन जन्मिनु अगाडी सम्म सबैको प्रिय तर अब सबै बाट ‘धिकृत’ बालखा राजकुमार युयुत्सुको मनोदशा तपाई कल्पना गर्नु होस्। कतै साहारा नपाईरहेको बेला युयुत्सुको सहारा बन्न आईपुग्छन्, अर्का दासीपुत्र - महात्मा विदुर। विदुरले नै आफ्नो छत्रछायाँमा नै युयुत्सु लाई हुर्काउछन्। द्रोणचार्यबाट शस्त्र-अस्त्रको शिक्षा लिएका युयुत्सुलाई विदुरले आफ्नै निगरानीमा राखेर नितीशास्त्र पढाउन थाल्छन्। धृतराष्ट्रको पुत्र भईकन पनि नितीवान् तथा धर्मभीरु युयुत्सुले युद्ध सुरु हुनु अगाडी कौरवहरुको पक्ष त्यागेर पाण्डवहरुको पक्षमा युद्ध गर्न जान्छन्। र, युद्ध गर्न थाल्छन्। महाभारतको युद्ध पश्चात जिवित रहने केही सिमित योद्धाहरु मध्ये अतिरथी युयुत्सु पनि एक हुन्। जब पृथ्वीको भोग सकियो भनेर द्रौपदी सहित पाण्डवहरु हिमवत खण्ड तिर जाने तयारी गर्न थाल्छन्; तब हस्तिनापुरको सिंहासनमा अर्जुनको नाती परिक्षितलाई राखिन्छन्। तर परिक्षितको रेखदेख गर्ने, राज्यको हर्ताकर्ता तोकिन्छन् - उनै युयुत्सु। युयुत्सुले आफ्नो कर्तव्य बहुत गज्जबले निर्वाह गर्छन्। परिक्षित र युयुत्सुको बाजे-नाती जोडीले राज गरेको उती बेलाको हस्तिनापुरलाई स्वर्णयुग नै मानिन्थ्यो। भन्छन्, परिक्षितको त्यो शासन व्यवस्था युधिष्ठिरको भन्दा पनि गज्जबको रहेको थियो। धृतराष्ट्रका २ जना पुत्रहरु अत्यन्तै नितीवान् र धर्मभीरु थिए - युयुत्सु र विकर्ण। कुरुक्षेत्रमा कौरवको पक्षबाट युद्ध लडेका विकर्ण र पाण्डवको पक्षबाट युद्ध लडेका युयुत्सुको बारेमा ‘को सहि ?’ भनेर विवाद भईरहन्छ । ‘धर्म र कर्तव्य’ बिचको यो विवादको बारेमा पछि बृहत रुपमा बहस गरौला। अब Similar Storyline उठाएर हेरौं है। वेदव्यासको महाभारतमा युयुत्सु र विकर्ण; वाल्मिकीको रामायणमा विभिषण र कुम्भकर्ण। विकर्ण र कुम्भकर्ण दुवैलाई आफ्नो दाजु क्रमशः दुर्योधन र रावणले गलत गर्दैछन् भनेर थाहा थियो। उनीहरुले त्यस विरुद्ध आवाज पनि उठाएका थिए। विरोध गरेका थिए। तर उनीहरुको विरोधले कुनै तात्विक असर गरेन। न रावण टसमस भए, न दुर्योधन। Duty towards mankind र Duty towards kin को मझधारमा बसेर उनीहरुले आफ्नो decision गर्नु पर्ने थियो। हेर्नुस् है, यहाँ Righteousness vs Duty को कस्तो मजाको बहस हुन्छ। कुन महत्वपुर्ण हो ? धर्म कि कर्तव्य ? अब अर्को तर्फ हेरौ है, विभिषण र युयुत्सु। यहाँ दुवै जनाले आफ्नो दाजु विरुद्ध युद्ध लड्छन्। उनीहरुले duty towards kin को सट्टा duty towards mankind लाई मुख्य ठान्छन्। दुवै जनाले धर्मको पक्ष लिन्छन् र युद्ध लड्छन्। र जित्छन् पनि। त्यसको भरपुर फाईदा उठाउछन्। युयुत्सुले परिक्षित सँग मिलेर राज्यभोग गर्छन्। विभिषण त लंकाको राजा नै हुन्छन्। ठिक समयमा सहि निर्णय गर्नाले कालान्तारमा दुवैले सुखभोग गर्छन्। कुटनिती , राजनिती ? ???????? अब उता विकर्ण र कुम्भकर्णलाई हेरौ है। (एउटा रोचक संयोग रैछ; दुवैको नाम कान सँग सम्बन्धित रैछ। विकर्ण (विशाल कर्ण (कान) भएको; कुम्भकर्ण कुम्भ (घडा) जस्तो कर्ण भएको) सायद दुवै जनाको ठुलो कान भएकोले धेरै ज्ञानगुनको कुरा सुनेको हुन सक्छन्। खैर, यो कुरा छाडौं। विकर्ण र कुम्भकर्णलाई युद्ध हारिन्छ भन्ने थाहा हुँदाहुँदै पनि युद्धमा सहभागी हुन्छन् र अन्त्यमा मारिन्छन्। चुरोको कुरो के भन्देखिन्, Ideally हेर्दा जोसुकैको विरुद्ध लाग्नु परे पनि धर्म र सत्य छाड्नु भएन। Absolute Truth लाई अँगाल्नु पर्यो। Practically हेर्दा आफ्नो मान्छेहरुलाई आफुले सहयोग नगरे कसले गर्छ ? परिवार प्रतिको कर्तव्यपालना गर्नु पर्यो।